काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शिक्षण अस्पताल, महाराजगञ्जबाट डिस्चार्ज भएका छन्।अध्यक्ष नेपाल शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।
उनको उपचारमा संलग्न डा। सन्तकुमार दासका अनुसार नेताको स्वास्थ्य अवस्था ठिक रहेको छ।अध्यक्ष नेपाल निमोनिया देखिएपछि पुस ५ गते अस्पताल भर्ना भएका थिए।
स्वास्थ्यमा सुधार आएसँगै बिहीबार उनी शपथग्रहण गर्न नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका थिए। साथै शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि उनी सहभागी भएका थिए।