काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सरकार भन्दा क्रिकेट चलाउन गाह्रो रहेको बताएका छन्।
नेपाल टी–२० क्रिकेट लिगबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चन्दले दक्षिण एसियाका देशले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको बताए।
खेलाडीलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टी–२० को आयोजना गरिएकाले लिग पूर्ण रुपमा सफल हुने उनले बताए। उनले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेकाले त्यसलाई सफल बन्न दिनु नहुने बताए।

उनले भने, ‘खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सही नियतले नेपाल टी–२० लिग सञ्चालन गर्न भनेर घोषणा गरिएको थियो। एशोसिएट देशले धेरै कठिनाइ भोग्नुपर्ने रहेछ। सबै विदेशी खेलाडी आइसकेका छन्, क्यान तयार छ, यो लिग रोक्नु ठिक छैन। प्रतियोगिता शनिवारदेखि सुरु हुन्छ। क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेको छ, उनीहरुले कुनै निकाय छोडेका छैनन्। दक्षिण एसियामा सरकार चलाउनु भन्दा गाह्रो क्रिकेट चलाउन छ। हो यहाँ गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ।’
पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको शनिवारदेखि सुरु हुँदैछ।
सम्बन्धित समाचारः नेपाल टी–२० लिग भोलिदेखि, विजेताले ५५ लाख पाउने