काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) को आधिकारिक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग भोलि शनिबारदेखि सुरु हुने भएको छ।
प्रतियोगिता शनिबारदेखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ। प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा सुरु हुनेछ।
प्रतियोगिता आजदेखि सुरु हुने कार्यतालिका भए पनि तयारी र विदेशी खेलाडीको श्रम स्वीकृति प्रक्रियामा ढिलाई भएका कारण देखाउँदै क्यानले बिहीवार एकदिन सारेको थियो।
आज आयोजित पत्रकार सम्मेलनमा क्यानले प्रतियोगिता शनिवारदेखि सुरु हुने र विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने जानकारी दिएको छ।
यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।
त्यस्तै, प्रतियोगिताको प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स म्यानले दुई लाख ५० हजार, हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्नेछन्। इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउनेछन्।
प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्।
खेल तालिका
