काठमाडौं। भोलिबाट सुरु हुने नेपाल क्रिकेट संघ(क्यान) को आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग स्थगित भएको छ।
प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिनमा आएर नेपाल टी–२० लिग स्थगित भएको हो।
प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेको र विदेशी खेलाडीको श्रम स्वीकृति प्रकृयामा ढिलाई भएका कारण प्रतियोगिता स्थगित भएको क्यानले दाबी गरेको छ। क्यानले विना प्रतिस्पर्धा सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि२० लिग आयोजना अधिकार ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो।
अब केहि दिनमै नयाँ मिति तय गर्ने क्यानको तयारी छ। प्रतियोगिता सरेको यो तेस्रोपल्ट हो।
प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्।