काठमाडौं। अष्ट्रेलियाको टास्कर पार्कमा ‘सुपर ६ क्रिकेट प्रतियोगिता’को दोस्रो संस्करण आयोजना हुने भएको छ।
डिसेम्बर २५ देखि टास्कर पार्कमा ‘सुपर ६ क्रिकेट प्रतियोगिता’ हुन लागेको हो । प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा खुकुरी नेपाली रेष्टटुरेन्ट रहेको छ ।
यस्तै प्रतियोगिताको सह आयोजकमा एनआरएनए अष्ट्रेलियाको स्टुडेन्ट एडभसरी काउन्सिल रहेको छ । प्रतियोगिताको टाइटल स्पोन्सरमा जर्नी टु अष्ट्रेलिया र स्टार फुड कलेज जोडिएका छन् ।
एनआरएनए अष्ट्रेलियाको एनएसडब्लु यूथ फोरमले आयोजना गरेको प्रतियोगितामा १६ टिम सहभागी हुने छन्।प्रतियोगिताको विजेताले ३५ सय डलर पुरस्कार पाउनेछ।
त्यस्तै, फष्ट रनरअपले एक हजार डलर, म्यान अफ द सिरिजले ३ सय, वेष्ट बलर र वेष्ट ब्याट्सम्यानले २५०/२५० डलर तथा म्यान अफ दी म्याचले ५० डलर पुरस्कार पाउनेछन्।