पोखरा। गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ।
यहि पौष ६ गते देखि १० गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
प्रतियोगितामा प्रदेशका ११ जिल्लाले सहभागिता जनाउने अध्यक्ष नविन कुमार गुरुङले जानकारी दिए। प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख, तृतियले ५० हजार तथा चौथो हुनेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीलाई नगद २० हजारका साथमा ट्रफी र मेडल प्रदान गरिनेछ। त्यसै गरी उत्कृष्ट विभिन्न पाँच विद्या उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचलाई जनही नगद १०–१० हजार प्रदान गरिनेछ।