पोखरा। २४औँ माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते प्रतियोगिता तथा सुबेदार मेजर धनबहादुर गुरुङ स्मृति कप २०७९ यहि माघ १ गते पोखरा १७ महत गौँडा ढुङ्गेसाँगुमा हुने भएको छ।
स्ट्रोङ्गगेष्ट क्योकुशिन काईकान कराँते आइके ओके सोनोदा ग्रुप नेपाल पोखराको आयोजनामा हुन गइरहेको प्रतियोगितामा पुरुष तथा महिलाहरुको बिच बिभिन्न तौल समुहको बिचमा खेल प्रतियोगिता हुने छ।
हरेक वर्ष मागे संक्रान्तिको दिन ढुङ्गेसाँघुमा खेलको आयोजना गरिँदै आइएको नेपाल क्योकुशिन कराँते संघ कास्कीका अध्यक्ष कृष्णबहादुर नेपालीले बताए। युवा जनशक्तिमा फैलिएको दुव्र्यसनीलाई निरुत्साहित गर्न, पोखरालाई खेलकुद पर्यटन मैत्री शहरको रुपमा विकास गर्नुको साथै ढुङ्गेसाँघुको पहिचान देश विदेशसम्म पुर्याउने लक्ष्यका साथ यो प्रतियोगिता गरिने संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रत्नबहादुर आलेमगरले उल्लेख गरे।
प्रतियोगितामा कास्की जिल्लालगायत छिमेकी जिल्लाहरुबाट पनि खेलाडीहरु सहभागी हुनेछन्।
प्रतियोगितामा २५० भन्दा बढि खेलाडीहरु सहभागी हुने स्ट्रोङ्गगेष्ट क्योकुशिन काईकान कराँतेका गण्डकी प्रदेश प्रमुख शिबबहादुर गुरुङले बताए।