काठमाडौं। महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा काठमाडौं महानगरका मेयर बोलन शाहको टिम मेयर–११ पराजित भएको छ।
सोमबार बिहान दशरथ रंगशालामा भएको खेलमा मेयर बोलन शाहको टिम मेयर–११ प्रमुख प्रशासकीय अधिकृत–११ सँग ६–१ ले पराजित भएको हो।
खेलमा महानगर अन्तर्गत विभिन्न वडाका प्रतिनिधि तथा कर्मचारीले प्रतिस्पर्धा गरेका थिए।