काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार राति कतारको अल बायत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। यस्तै अल थुमामा स्टेडियममा शनिबार राति नै भएको अर्को खेलमा पोर्चुगललाई १ – ० ले हराउँदै मोरक्को पहिलाे पटक सेमिफाइनमा प्रवेश गरेको हो ।
यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। कतार विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मंगलबार राति हुनेछ।
क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्स र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।
यस्तै दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बुधबार राति हुनेछ।