काठमार्डौं. आठौं पटक विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको मृत्यु भएको छ ।
कतार स्थित रुसेल रंगशालामा शुक्रबार राति भएको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको मृत्यु भएको हो ।
४८ बर्षीय ग्रान्ड चर्चित खेल पत्रकार हुन् । उनले फिफा विश्वकप फुटबलको लगातार रिर्पोटिङ गरेको यो आठौं पटक हो । उनले सन् १९९४ को विश्वकप देखि लगातार विश्वकपको समाचार संकलन गर्दै आएका थिए।
ग्रान्डलाई शुक्रबार समाचार संकलनकै क्रममा हृदयघात भएको बताइएको छ । युएस सकरले शनिबार बिहान एक वक्तब्य जारी गर्दै ग्रान्टको मृत्यु भएको उल्लेख गरेको छ । युएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दु:ख लागेको पनि जनाएको छ ।
ग्रान्ट रंगशालाको प्रेस बक्समा बसेर फुटबल हेरिरहेकै अवस्थामा एक्कासी ढलेका थिए। त्यसपछि सञ्चारकर्मीहरुले मेडिकल टोलीलाई बोलाएका थिए । रंगशालामै २० मिनेटसम्म सीपीआर गरिएपनि ग्रान्टलाई बचाउने प्रयास सफल भएन ।
लामो समय अमेरिक म्यागजिनमा काम गरेका ग्रान्ट पछिल्लो समय अनलाइन पोर्टल ‘सबस्ट्याकमा’ समाचार लेख्दै आएका थिए।