काठमाडौं। विश्वकप अन्तर्गतको अर्को नाटकीय एवं प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा आर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी प्रहारमार्फत हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
यो जितसँगै आफ्नो देशलाई विश्वकप जिताउने पैँतीस वर्षका मेस्सीको सपनाले निरन्तरता पाएको छ।
नेदरल्याण्डसविरूद्धको खेलमा दुई सून्यले अग्रता कायम गरेको अर्जेन्टिनालाई अन्तिम घडीमा डच टोलीले कडा टक्कर दिएको थियो।
आर्जेन्टिनाका लागि मोलीनाले गरेको गोलमा मेस्सीले सहयोग गरेका थिए भने दोस्रो गोल मेस्सी आफैँले पेनाल्टीमार्फत गरेका थिए।
तर वैकल्पिक खेलाडीका रूपमा मैदानमा छिरेका वोट वेगहोर्स्टले अन्तिम समयमा दुई गोल गरेर डच टोलीलाई खेलमा फर्काए।
उनले अन्तिम समयमा थपिएको ११ औँ मिनेटमा गोल गरेपछि खेलको छिनोफानो पेनाल्टीमार्फत हुन पुग्यो।
मङ्गलवार हुने सेमिफाइनल खेलमा आर्जेन्टीना र क्रोएशियाबीच प्रतिस्पर्धा हुनेछ।