काठमाडौँ ।क्रोएसिया र अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।
आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो ।यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो ।यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।