काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा (आज) शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ। कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ।
एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन्। ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो।
साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो।यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।