काठमाडौं। आईसीसी विश्वकप लिग–२ मा नेपालले स्कटल्याण्डलाई १२० रनको लक्ष्य लिएको छ।
विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनायो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४७, सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ज्ञानेन्द्र मल्ल ९, आरिफ शेख ६, गुल्सन झा ५, आशिफ शेख, हरिशंकर शाह र सागर ढकालले १–१ र ओपनर अर्जुन साउँद ० रनमा आउट भए।
स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले समान २–२ विकेट लिए। क्रिस सोल, क्रिस्टोफर एसी ब्राइड र क्रिस ग्रियभ्स्ले १–१ विकेट लिए।