काठमाडौं। आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ।
टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो। नेपालले आज कुशल भुर्तेललाई विश्राम दिएर हरिशंकर शाहलाई खेलाएको छ।
नेपाल–स्कटल्याण्डबीचको खेल दिउँसो १ः४५ बजेदेखि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सुरु हुँदैछ। नेपाल पहिलो जितको खोजीमा छ।
नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक नेपालले अंक पाएको थियो दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेट र तेस्रो खेलमा बुधबार नामिवियासँग ८६ रनले पराजित भएको थियो।
