काठमाडौं। नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (बुधबार) नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा दिउँसो १ः४५ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने तयारीमा छ।
यी दुई टोलीबीचको पहिलो खेल वर्षाका कारण रोकिएको थियो। पहिलो खेलमा दुवै टोलीले एक एक अंक बाँडेका थिए। नेपाल दोस्रो खेलमा स्टकटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो।
यस सिरिजमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा भईरहेको छ। विश्वकप लिग–२ मा सात टोली सहभागि छन्। नेपाल अहिले २२ खेलबाट १८ अंक जोड्दै छैटौं स्थानमा छ। नामिबिया २९ खेलमा ३५ अंक जोड्दै तेस्रो स्थानमा छ।
३१ खेलबाट ४४ अंक बनाएका स्कटल्यान्ड शीर्षस्थानमा उक्लिएको छ। हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ।