काठमाडौं। यूएईले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज दोस्रो खेलमा यूएईले नेपाललाई १९२ रनको लक्ष्य दिएको हो।
टियु मैदानमा टस जितेर ब्याटिङ गरेको यूएई ४३.२ ओभरमा १९१ रन बनाउँदै अलआउट भयो।
यूएईका मोहम्मद वासिमले ५० रन बनाए। त्यस्तै, अलिशान शराफुले ३५, विर्त्य अरविन्दले २५, बसिल हमीदले २४, कप्तान सिपी रिजवानलले २२ र विष्णु सुकुमरनले १५ रन बनाए ।
नेपालका ललितनारायण राजवंशी र सोमपाल कामीले ३–३ विकेट लिए। त्यस्तै, करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो।
नेपाल र यूएईबीचको अन्तिम खेल शुक्रबार हुनेछ।