काठमाडौँ । नेपालले यूएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज खेल्दैछ । टियु मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
रोहितकुमार पौडेलको कप्तानीमा यूएईविरुद्ध नेपालले खेल्न लागेको हो । नेपाली टिममा कप्तान रोहितसँगै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललितनारायण राजवंशी, आशिफ शेख, भीम शार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउद र गुल्सन झा छन् ।
सिरिजको दोस्रो खेल नेपालले कातिक ३० गते खेल्नेछ । तेस्रो तथा सिरिजको अन्तिम खेल मंसिर २ गते खेल्नेछ । नेपालले आईसीसी विश्वकप लिग–टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिविया र स्कटल्यान्डसँग खेल्नुअघि यूएईसँग सिरिज खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिविया भ्रमण गर्नेछ ।