काठमाडौं। आठौं संस्करणको आईसीसी टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ। फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको हो। १३८ रनको लक्ष्य पाएको इंग्ल्याण्डले १० ओभरमै ५ विकेट गुमाएर उपाधि जित्यो।
उपाधि जिताउन इंग्ल्याण्डका बेन स्टोक्सले ५२, कप्तान जस बटलरले २६, ह्यारी ब्रुकले २०, मोईन अलीले १९ र फिल साल्टले १० रनको योगदान दिए।
पाकिस्तानका हरिस रौफले २, शाहिन शाह अफ्रिदी, शादब खान र मोहम्मद वासिमले १–१ विकेट लिए पनि टिमलाई विश्वकपको उपाधि दिलाउन सकेनन्।
यसअघि मेलबर्नमा टस जितेर इंग्ल्याण्डले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएका थियो।
पाकिस्तानका लागि शन मसुदले ३८, कप्तान बाबर आजमले ३२, शादब खानले २०, मोहम्मद रिजवानले १५ रन बनाएका थिए।
पाकिस्तानलाई सस्तमै समेट्न इंग्ल्याण्डका साम करनले ३, आदिल राशिद र क्रिस जोर्डनले २–२ तथा बेन स्टोक्सले १ विकेट लिएका थिए।