काठमाडौं। नेपालले विश्वकप आयोजना गर्ने भएको छ।
नेपालले पहिलोपटक सन् २०२७ मा यू–१९ महिला टि२० विश्वकप आयोजना गर्ने भएको हो।
नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू–१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जनाएको छ।
नेपालले यसअघि कुनैपनि विश्वकप आयोजना गरेको छैन।