कामठाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।
ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए ।नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ ।
पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ ।यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।
