काठमाडौं । नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।
खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् ।
त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो ।तर, बंगलादेशक्की बीबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।
बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचालेको हो । बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।