काठमाडौँ । विवेकशील साझा पार्टीको नयाँ अध्यक्षमा समीक्षा बाँस्कोटालाई प्रस्ताव गरिएको छ।
अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि बैठक नै बस्न नसकेको पार्टीमा नयाँ अध्यक्ष र संयोजकको नाममा सहमति जुटेको हो ।विवेकशील साझाका नेता निर्देश सिलवालका अनुसार बाँस्कोटालाई अध्यक्ष र सञ्जीवबल्लभ भट्टराईलाई संयोजक बनाउनेबारे छलफल भएको छ।
चुनावका लागि पार्टी दर्ता गर्ने समय साउन ३१ गतेसम्म मात्रै छ। नयाँ अध्यक्ष चयन गरेर चुनावका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गरिने उनले बताए। त्यसअनुसार आज ३ बजे पार्टीको बैठक बोलाइएको समेत उनले जानकारी दिए ।