काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल एकदिन अगाडी सरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपको उद्घाटन खेल एकदिन अगाडी सारिएको जनाएको छ ।
उद्घाटन खेल एकदिन अगाडी सार्न काउन्सिल ब्युरोले सर्वसम्मतले निर्णय गरेको फिफाले जनाएको छ ।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नोभेम्बर २० मा अल बायत स्टेडियममा हुनेछ ।
यस अघि कतार विश्वकपको उद्घाटन खेलम नोभेम्बर २१ मा हुने तालिका थियो । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
यस्तै इंग्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ ।