काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ ।नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो ।
यस्तै नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्नेछ ।सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्याको भ्रमणमा निस्कने छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ५ खेलको सिरिज खेल्ने पक्का भएको बताए ।
मिति भने तय भएको छैन ।केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो । जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो ।एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ ।