काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आउँदो सिजनको बिग ब्यास लिग (बिबिएल)को ड्राफ्टमा समावेश भएका छन् । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट लिग बिबिएलको ड्राफ्टमा उनीसहित १६९ विदेशी खेलाडी समावेश भएका हुन् ।
१६९ खेलाडी विभिन्न १३ देशका रहेका छन् । बिबिएलका टिमले आगामी २८ अगस्टमा ड्राफ्टमार्फत विदेशी खेलाडी आफ्नो टिममा अनुबन्ध गर्नेछन् । बिबिएल टिमले यसपटकदेखि ड्राफ्टमार्फत विदेशी खेलाडी भित्र्याउन लागेका हुन् ।
सन्दीप यसपटक पनि होबार्ट हरिकेन्सले रिटेन गर्ने सम्भावना बाँकी नै छ । उनले यसअघि लगातार दुई सिजन हरिकेन्सबाट खेलेका थिए । हरिकेन्सबाट खेल्नुअघिको दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए ।
सन्दीपले बिबिएलमा लगातार चार सिजनमा ४३ खेल खेलिसकेका छन् । जसमा उनले ४८ विकेट विकेट लिएका छन् ।