काठमाडौं। पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
सामाजिक सञ्जालमार्फत बुधबार क्यानडा क्रिकेटले पुबुदु क्यानडाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको ।
पुबुदुले बुधबार नै पत्रकार सम्मेलन गरेर नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए।
भर्खरै सम्पन्न स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले खराव प्रदर्शन गरेपछि उनले राजीनामा दिएका थिए। तर, उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
सम्बन्धित समाचारः
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खलाअन्तर्गत स्कटल्याण्डमा नेपालले ४ मध्ये ३ खेलमा लज्जास्पद हार व्यहोरेको थियो।
पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए। पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए। त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो।