काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टुको त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले दुई सय रनको मध्यम लक्ष्य पाएको छ।
नामिबियाले पहिले ब्याटिङ गर्दै १९९ रन बनाउन सफल भएको हो। खेलमा नेपालले सुरुआतमा बलिङ गरेको हो।नेपाल र नामिबियाबीचको यो दोस्रो खेल हो।
यसअघि नेपाल पराजित भएको थियो। नेपालका तर्फबाट कप्तान सन्दीप लामिछानेले चार विकेट लिए। दीपेन्दसिंह ऐरी र सोमपाल कामीको नाममा २/२ विकेट रह्यो। नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले।
नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो। पहिलो खेलमा नेपाल ४० रनले पराजित भएको थियो।