काठमाडौं। स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले नामेवियासँग खेलिरहेको छ।
टस जितेर नामेवियाले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरिरहेको छ।
आजको खेलमा करण केसी बाहिर हुँदा पवन शर्राफ टिममा परेका छन्।
नेपालको आजको टिम :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, पवन सर्राफ, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
नेपाल नामेवियासँग पहिलो खेलमा ४० रनले पराजित हुँदा दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध ५ विकेटको ऐतिहासिक जीत निकाल्न सफल भएको थियो।
नेपालले सिरिजको अन्तिम खेल आइतबार स्कटल्याण्डसँग खेल्ने छ।