काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डविरुद्धको पहिलो टी-ट्वान्टीमा भारत विजयी भएको छ ।साउथह्याम्पटनमा बिहीवार राति भारतले इंग्ल्यान्डलाई ५० रनले हराएको हो ।यस जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार हुनेछ ।
भारतले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा १ सय ४८ रन जोड्दा अलआउट भयो।त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन जोडेको थियो ।
भारतका लागि हार्दिक पाण्डयले ५१ रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले ३९ रन जोड्दा दीपक होडाले ३३ रन बनाए ।कप्तान रोहित शर्मा २४ रनमा आउट भए ।इंग्ल्यान्डक क्रिस जोर्डन र मोइन अलीले २र२ विकेट लिए ।