काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्।
उनलाई डम्बुल्ला जायन्ट्सले ४० हजार डलर अर्थात ५० लाख ७६ हजार नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ। पाँच फ्रेन्चाइज टोली रहेको एलपीएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगष्टसम्म श्रीलंकामा हुनेछ।