पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७८ को तयारी पूरा भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीवार पोखरामा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ ।
मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, निःवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले ट्रफी सार्वजनिक गरेका थिए ।
अवार्ड समारोह असार १८ गते हुँदैछ । स्पोर्ट्स अवार्डमा कुल ७ वटा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको पौडेलको भनाई छ ।