काठमाडौं। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरुले राष्ट्रिय भेला बोलाएका छन्।
स्वतन्त्र उम्मेदवारहरुले असार १७ र १८ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाएका हुन्।
स्थानीय तहको निर्वाचनमा पाएको जनमतलाई सम्मान गर्दै आँउदो निर्वाचनको तयारी, रणनीति र कार्यदिशा तय गर्ने उद्देश्यका साथ भेला आयोजना गरिएको हो।
भेलामा सहभागी हुन चाहनेहरुले असार १० गतेसम्म अनलाइन फम भर्नुपर्नेछ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं, धरान, धनगढीलगायतका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।