आईसीसी यू–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपाल ८ रनमै अलआउट भएको छ।
छनोटअन्तर्गत शनिबार भएको दोस्रो खेलमा नेपाल युएईसँग ८ रनमै अल आउट भएको हो। यो आईसीसी यू १९ महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालको खराब रेकर्ड हो।
मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८.१ ओभरमा ८ रनमा अल आउट भयो।
नेपालका लागि स्नेहा महराले सर्वाधिक तीन रन बनाउँदा मनिषा राना २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १–१ रनमा आउट भइन्।
नेपालका ६ खेलाडीले खाता खोल्न नै सकेनन्। खाता खोल्न नसक्ने अञ्जली विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, एलिसा कुमारी यादव, रञ्जु श्रेष्ठ र कृतिका मरासिनी हुन्।
नेपाललाई ८ रनमै अलआउट गर्न युएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ सिमराले १ विकेट लिइन्।
९ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको युएईले १.१ ओभरमै १० विकेटको जित निकाल्यो।
यसअघि भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रन र युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो।
अब नेपालले सोमबार भुटानविरुद्ध खेल्नेछ। त्यस्तै मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ।