नेपालले आइसिसी यू–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार कतारमाथि ७९ रनको सानदार जितका नेपाललेयू–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको हो।
युकेएम यसडी क्रिकेट ओभल बांगीमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १७ रन बनायो।
नेपालका लागि अश्मा पुलामी मगरले ३२, सृष्टि जैशीले अविजित २३, सनु राजवंशीले २१ र अञ्जली विश्वकर्माले ११ रन बनाइन्।
जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा ३८ रनमा अल आउट भयो। कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४–१४ रन बनाक्ष्न्।
नेपालकी सृष्टि जैशीले ४ ओभरमा ५ रन खर्चेर ३ विकेट लिइन्। अनु कडायत २.४ ओभरमा २ रन खर्चेर २ विकेट लिइन्। कप्तान कृतिका मरासिनीले २ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन्। स्नेहा महराले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन्।
नेपालको खेल तालिका
जेठ २१ (जुन ४) – नेपालविरुद्ध युएई
जेठ २३ (जुन ६) – नेपालविरुद्ध भुटान
जेठ २४ (जुन ७) – नेपालविरुद्ध थाईल्यान्ड
जेठ २५ (जुन ९) – नेपालविरुद्ध मलेसिया
६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी–२० महिला विश्वकप खेल्न पाउनेछ।