नेपालले सहभागिता जनाउने आइसिसी यू-१९ महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार र छन् ।मलेसियामा आयोजना हुने छनोटको तालिकाअनुसार नेपालले ३ जुनमा कतारविरुद्धको खेलबाट छनोटको सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध ४ जुनमा खेल्दा ६ जुनमा भुटानसँग तेस्रो खेल खेल्नेछ ।त्यस्तै, नेपालले ७ जुनमा थाइल्याण्डसँग चौथो खेल र ९ जुनमा मलेसियाविरुद्ध पाँचौं तथा अन्तिम खेल्नेछ ।
छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यु-१९ विश्वकपमा छनोट हुनेछ ।पहिलोपटक पटक आयोजना हुन लागेको यु-१९ महिला विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।छनोटका लागि नेपालले कृतिका मरासनीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली टोली : कृतिका मरासनी (कप्तान), किरण कुँवर, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्री धामी,अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरन्मायी रोय, अलिशा खाडिया, ज्योतनिस्का मरासनी, मिनिशा उपाध्याय, स्नेहा महरा, निशा शाह, मिनिशा राना मगर, प्रतिमा शाह र मनीषा चौधरी ।