कैलालीको धनगढी उपमहानगरपालिकामा ४२ हजार २३० मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार बिहान ७ बजेसम्म ४२ हजार २३० मतगणना भएको हो।
बिहान सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन्। हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। अब २१ हजार ४८५ मत गणना गर्न बाकि छ।