कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपलिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ।
मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाल विजयी भएका हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हो । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको हो ।
मेयरमा निर्वाचित मोहनमायाले १६ हजार ३८ मत पाइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए ।
उपमेयरमा एमालेका निलकण्ड खनाल २० हजार ३६४ मत ल्याएर विजयी भए । माओवादी केन्द्रकी शान्ति ढकाल ११ हजार ५३३ मत ल्याएर हारिन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६९७ मत पाइन् ।