बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ।
हालसम्म ५७९ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेको छ।
जसमा नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा जितेर पहिलो स्थानमा छ । त्यसपछि एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), स्वतन्त्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेका छन्।
कुन पार्टीले कति जिते ?
नेपाली कांग्रेस – २५६
नेकपा एमाले – १६५
माओवादी केन्द्र – १०६
जसपा – १६
समाजवादी – १३
स्वतन्त्र – ७
जनमोर्चा – ४
लोसपा – ३
राप्रपा – २
नेककिपा – १
विवेकशील साझा पार्टी – १
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी – १
मतगणना भइरहेको स्थानीय तहमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ। यसबाट नेपाली कांग्रेस पहिलो र दोस्रो, तेस्रो क्रमशः एमाले र माओवादी बन्ने देखिएको छ।