कैलालीको धनगढी उपमहानगरपालिकामा ३० हजार मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३० हजार ६९८ मतगणना भएको हो। बिहान साढे ६ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत पाएका छन्।
यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत पाएका छन्। हमाल र वडबीच ७ हजार ५१ मतको अन्तर छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४ मत पाएका छन्।
अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।