काठमाडौं महानगरपालिकामा बुधवार राति साढे ८ बजेसम्ममा ४८ हजार ३०१ मतगणना सम्पन्न भएको छ ।पछिल्लो मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार ७९५ मत पाएका छन् ।
सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरको मतगणनामा उनले ठुलो अन्तरमा अग्रता कायम गरिरहेका छन् । बालेनले १८ हजार ७९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ५९६ मत पाएका छन् ।
स्थापितभन्दा बालेन ९ हजार १९९ मतले अगाडि छन् ।यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार १७२ मत पाएकी छन् । उनीसँग बालेनको अग्रता ९ हजार ६२३ छ ।