स्थानिय तहको निर्वाचनमा दोधारा चाँदनी नगरपालिका-७ मा वडा सदस्य पदमा श्रीमान श्रीमती विजयी भएका छन्। विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय सदस्य पदमा निर्वाचित भएका हुन्। श्रीमान श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन्।
सन्दीप नेकपा(एमाले)बाट र कमला नेपाली कांग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन्।
पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारीक कटुता नभएको उनीहरूले बताए। दुवै जनाले जनताको सेवक बनेर कार्य गर्ने बताएका छन। दुवै जना दोधारा चाँदनीमा सामाजिक अभियन्ताका रुपमा समेत परिचित रहेका छन्।