काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार मत कटाएका छन् । अहिलेसम्म ३९ हजार ५२० मतगणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् ।
उनको पछि रहेका एमालेका केशव स्थापितले ८,२८८ मत पाएका छन् । कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७,२९० मत पाएकी छन्। अहिले काठमाडौंका ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।