भरतपुर उपमहानगरपालिका गठबन्धनका तर्फबाट उम्मेदवार रेनु दाहालले १ हजार ३ सय ६८ मतको अग्रता कायम गरेकी छन्।
हालसम्म भएको २६ हजार १ सय २६ मत गणनामा रेणुले ९ हजार ४ सय ५ मत ल्याएकी छन् भने उनलाई पछ्याईरहेका एमालेका विजय सुवेदीले ८ हजार ३७ मत प्राप्त गरेका छन्।
यस्तै अर्का उम्मेदवार जगन्नाथ पौडेलको ४ हजार २ सय ४८ मत आएको छ। अहिले भरतपुर वडा नं ६ को मतगणना जारी छ।यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको ११ हजार १ सय ९६ मत रहेको छ भने राप्रपाकी हिमला गुरुङको ६ हजार ५ सय ४८ मत रहेको छ।