कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । शनिबारदेखि मतगणना सुरू भएकोमा मंगलबार मंगलबार राती ९ बजेसम्म १९ हजार ५६० मतगणना भएको छ। स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
उनले ९ हजार ३० मत पाएका छन्।यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ४ हजार ३८६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत पाएका छन।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ९०७ मतका साथ लिड गरिरहेकी छिन्।एमालेकी कन्दकला रानाले ३ हजार ६८६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार १९३ मत पाएका छन। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।