‘म त चेली उत्तरी गोरखाको’ बोलको गीतकी गायिक सुनिला गुरुङ धार्चे गाउँपालिकाको उपप्रमुखमा विजयी भएकी छन्। मंगलबार सम्पन्न मतगणना अनुसार चर्चित गायिका गुरुङ माओवादीको तर्फबाट ३,७७९ मत प्राप्त गरी विजयी भएकी हुन्।
गोरखा सांस्कृतिक समाजकी कोषाध्यक्षसमेत रहेकी उनी धार्चे गाउँपालिका-६ काशिगाउँ निवासी हुन्। उनी कलाकारिता क्षेत्रसंगै हाल राजधानीमा व्यवसाय पनि सञ्चालन गर्दै आएकी छिन्।