एमाले महासचिव शंकर पोखरेलले जनताले दिएको अमुल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तव्य रहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सत्ताको चरम दुरुपयोगका वावजुत सूर्य चिन्हमा जनताले दिएको अमुल्यमतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तव्य रहेको बताएका हुन्।
उनले मतगणनामा चनाखो रहन पनि पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।