कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । अहिले धनगढी उपमहानगरपालिका २,३ १८ र १९ को मतगणना जारी छ । यस अघि वडा नम्बर १ मा मतगणना भने सम्पन्न भइसकेको छ ।
शनिबारदेखि मतगणना सुरू भएकोमा मंगलबार बिहान १० बजेसम्म १५ हजार ४६७ मतगणना सम्पन्न भएको छ । जसमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तरले अघि बढेका छन् ।
हमालले ६ हजार ८४१ म्त पाएका छन् भने सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८०७ मत पाएका छन्।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३, एमालेकी कन्दकला रानाले ३ हजार ४९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६८६ मत पाएका छन्। मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।
