संघीय संसद्को ११ औँ अधिवेशन मंगलबार आज बाट सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९/०८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११ औँ अधिवेशन आह्वान गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपरान्ह ४ बजेका लागि बोलाइएको ११ औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
