काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन्।
सोमबार राति प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८२४८ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्।
त्यसैगरी मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४३४२ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३७८१ मत प्राप्त गरेकी छन्।
यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल अगाडी छन् । उनले हाल सम्म ६६३४ मत प्राप्त गरेकी छन् भने नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६९० मत प्राप्त गरेका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ ।